संगीत

अर्घाखाँचीलार्इ उचाल्दै कमल साैराग एकल साँझ सम्पन्न

सौराग एकल साझले अर्घाखाचीकाे गाैरब बढेकाे नेता राइमाझीकाे विश्वास

अर्घाखाची । गीत संगीतको माध्यमबाट जनताको मन र मस्तिकमा अमित छाप बसाउन सफल गायक,संगित संयोजक तथा अभिनयकर्ता कमल सौरागको एकल साझ अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ ।

अर्घाखाचीको सन्धिखर्कमा दर्शहरुले खचाखच भरिएको जिल्ला समन्वय समितिको सभाहलमा पुर्वमन्त्री तथा वाम गठबन्धन नेकपा एमाले र माओवादी केन्द्रका प्रतिनिधि सभाका उम्मेद्दवार टोप बहादुर रायमाझीले उद्द्घाटन गरे ।

एक दिने सौराग एकल साझ २०७४ को उद्घाटन गर्दै पूर्वमन्त्री रायमाझिले कमल सौराग एकल साझले अर्घाखाचीमा ख्याती प्राप्त मानिसहरुको उपस्थितिमा ठुलो मेला लगाउने आफ्नो धोको पुरा भएको बताए । उनले कमल सौराग जस्तो राष्ट्रिय प्रतिभा आफ्नो जिल्लामा जन्मिएकाेमा गौरव लागेको बताए ।

सौरागबाट जिल्लाका अरु कलाकारहरुले पनि सिक्नुप पर्ने भन्दै अर्घाखाँचीकाे लोक सस्कृति जर्गेना, पर्यटन प्रबद्र्धन र पिछिडिएका वर्गको उत्थानमा सहयोग पुग्ने धारणा राखे ।

लाली गुरास महिला विकास वचत तथा ऋण सहकारी सस्था र आकार नृत्य तथा म्युजिक सेन्टरले आफ्नो एकल साझ आयोजना गरेर जीवनमा कहिल्यै तिर्न नसक्ने गुन लगाएको गाएक कमल सौरागले बताए । उनले साझमा आफुलाई विभिन्न किसिमले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार जीवन परियार, विमा कुमारी दुरा, मधुसुदन बन्जाडे, जलजला परियार, सम्झना लामिछाने मगर, कल्पना श्रीपाल, मैना रेस्मी मगर, गौरव गिरी, कृष्ण सापकोटा लगायतका कलाकारहरुको प्रस्तुतिले साझलाई अझ रौनकतामा थपेकाे थियो ।

स्थानीय कलाकारहरुको गित तथा नृत्यको वेजोड प्रस्तुतीले जिल्ला समन्वयको समितिको सभाहलमा उपस्थित दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । साझमा अर्घाखाँचीलाई चिनाउने लोपोन्मुख लाखे नाच, भैराम नाच, सराये नाच, सोरोठी, भजन, लगायतका प्रस्तुती राखिएकाे थियो ।

सन्धिखर्क नगरपालिकाको वाड नम्वर ८ किमडाडामा जन्मिएका लोक तथा दोहोरी गायक कमल सौरागले घुम्टि नरपानी, हाम्रो अर्घाखाँची, भिजायो पछौरी, दैला मुनी जौ लगायतका दर्जनौ गितहरु गाएर राष्ट्रिय ख्याती कमाएका छन । सौरागको एकल साझको सन्दर्भमा नेपाल सुन चादी कालीगढ संघका अध्यक्ष बाबुराम विश्वकर्माले सौरागको कलाबाट प्रभावित भएको बताए । विश्वकर्माले रौरागको गीतले साच्चै नेपाली जनजीवनका कथा वेथा र पर्यटन प्रवद्धनमा टेवा पु¥याएको भन्दै उनले एकल साझ आयोजना गर्न पाएकोमा गौरववान्वित भएको बताए ।

राष्ट्रिय कलाकारसंगै स्थानीय कलाकारहरुले गीत तथा नृत्यका विभिन्न विधाका वेजोड प्रस्तुतीले जिल्ला समन्वय समितिको सभाहलमा उपस्थित दर्शकहरुलाई जुरुक जुरुक उठाएको थियो । एकल साझमा अर्घाखाँचीलाई चिनाउने लोपोन्मुख लाखे नाच, भैराम नाच, सराये नाच, सोरोठी, भजन, लगायतका जिल्लाका सास्कृतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो ।

कमल सौरागको सम्मानमा एकल साझको आयोजना गरिएको कार्यक्रममा जिल्लाका सबै कलाकारहरुको सहभागिता रहनुका साथै सौरागले आफ्ना गुरु सौगात सायर र विवि अनुरागीलाई सम्मान गरे ।

२०७४ कार्तिक १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु