दुनियाकै पहिलो डलर खर्बपति बन्नेछन् जेफ बेजोस
सूचना प्रबिधि

दुनियाकै पहिलो डलर खर्बपति बन्नेछन् जेफ बेजोस

बिल गेट्सलाई प्छि पार्दै अमेजनका सिइओ जेफ बेजोस विश्वको एक नम्बर धनी मानिस बनेका छन् ।

अमेजनको शेयरमा आएको बढोत्तरीसँगै उनको सम्पत्ति ९० अर्ब ६० करोड डलर पुग्यो र उनले ९० अर्ब १० करोडको सम्पत्ति भएका गेट्सलाई दोश्रो स्थानमा धकेल्न सफल भए ।

बेजोसको सम्पत्ति जुन प्रकारले थपिँदै गएको छ, यसले उनी निकट भविष्यमा विश्वकै पहिलो डलर खर्बपति बन्ने देखाएको छ ।

बेजोसका बारेमा केही रोचक तथ्यहरु यस्ता छन्ः

अक्सफामका अनुसार बेजोस आगामी २५ वर्षभित्रमा विश्वको पहिलो खर्बपति बन्न सक्नेछन् । अर्थात् उनको सम्पत्ति एक खर्ब डलर भन्दा धेरै हुनेछ ।

अमेरिकाको न्युजर्सीस्थित पि्रन्स्टन विश्वविद्यालयबाट ग्राजुएट गरेका बेजोस र उनकी पत्नीले सन् २०११ मा विश्वविद्यालयका लागि डेढ करोड डलर दान दिएका थिए ।

अमेरिकाको राजधानी वाशिंटन डिसीमा बेजोसले सबैभन्दा भव्य बंगला बनाइरहेका छन् । २३ मिलियन डलरको लागतमा उनले घर बनाउँदैछन् । वाशिंटन डिसीमा उनको छिमेकीको रुपमा बाराक ओबामा र इवांका ट्रम्प हुनेछन् । बेजोसको नयाँ घर २७ हजार बर्गफुट क्षेत्रफलमा बनेको छ ।
अमेरिकाको भूमि रिपोर्ट अनुसार जेफ देशका यस्ता २५ जना व्यक्तिभित्रमा पर्दछन् जसको नाममा सबैभन्दा धेरै जमिन छ । उनको सबैभन्दा ठूलो जग्गा भनेको टेक्सासमा रहेको ३० हजार एक्कडको फार्म हाउस हो ।

सन् १९९८ मा बेजोसको सम्पत्ति पहिलेपटक १ अर्ब डलर पुगेको थियो । त्यसबखत अमेरिकाका दोश्रो सबैभन्दा धनी व्यक्तिन वारेन वफेटको सम्पत्ति ३० अर्ब डलर थियो । तर अहिले २० वर्षपछि बेजोसको सम्पत्ति वफेटभन्दा ९ अर्ब डलरले बढि छ ।

२०७४ कार्तिक १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत