प्रवास

के वाई सी ( KYC) इजरायल क्लबको तर्फबाट आयोजना हुन् गहिरहेको बलिहाङ कप १०१७ फुटवल प्रतियोगिताको प्रेश मिट कार्यक्रम सम्पन्न

यूवराज थापा तेलभिब्
इजरयालमा हुन् गहिरहेको बलिहाङ कप १०१७ फुटवल प्रतियोगिताको प्रेश मिट कार्यक्रम सम्पन्न भएको छ !
लिम्बु जातिहरुको बलिहाङ पर्वको उपलक्ष्यमा हुन् गहिरहेको यस बलिहाङ कप १०१७ फुटवल प्रतियोगितामा ६ टिमका क्यापटेनहरुको सहभागी रहेको थियो !सहभागी हुने टिमहरुको नामावली येस प्रकार छन् :-


१ -सम्सारा युथ क्लब
२ -इस्ट स्पोर्टिंग क्लब
३ -माउन्ट एभरेष्ट क्लब
४ -के वाई सी क्लब
५ -कायपलट क्लब
६ -दार्जिलिङ युनाइटेड क्लब

१६ सेप्टेम्बर शनिवारको दिन तेलभिवमा भएको पत्रकार सम्मेलनमा खेलको टाइसेटको लागि ६ टिमका प्रत्येक क्यापटेनहरुलाई गोलाप्रथा थुताएर कुन टिम को संग खेल्ने भन्ने तालिका छुटाईएको थियो र आयोजकले एस अनुसार टिमहरु खेलाउने निर्णय गरेको छ -

A- ग्रुप बाट पहिलो टिम VS तेस्रो टिम बीच खेल हुने छ

B- ग्रुप वाट दोस्रो टिम VS चौथो टिम बीच खेल हुने छ

बलिहाङ कप २०१७ फुटवल प्रतियोगितामा ६ टिमले भाग लिएका छन उक्त ६ टिमले सहभागी हुने टिमको आधारमा पाचौ र छैठौ नम्बरमा पर्ने टिमहरुले बाइ पाउने आयोजकको भनाइ छ !

१६ सेप्टेम्बर शनिवारको दिन तेलभिवमा भएको पत्रकार सम्मेलनमा आयोजकले येस प्रतियोगितामा सहभागी हुनु भएका टिमहरु गोलाप्राथाको आधारमा कुन टिम कुन टिम क्लब संग् खेल्ने भन्ने बिज्ञप्ति बाहिर ल्याएको छ :-
हेर्नुहोस कुन टिम- कुन टिमक्लब संग् भिड्ने भन्ने बारेमा जनाकारी लिनुहोस् :-

A-पोल बाट खेल्ने टिमहरु रहेका छन्

-दार्जिलिङ युनाइटेड क्लब VS सम्सारा युथ क्लब

B-पोल बाट खेल्ने टिमहरु रहेका छन्

-के वाई सी(KYC) क्लब VS कायपलट क्लब

बलिहाङ कप २०१७ फुटवल प्रतियोगितामा बाइ पाउने टिमहरु रहेका छन -

१ -माउन्ट एभरेष्ट क्लब

२-इस्ट स्पोर्टिंग क्लब

एस खेलमा A र B पोल बाट बिजय हासिल गर्ने टिम प्रतियोगिता बाइ पाउने टिमहरु संग भिडने छन ,
जुन टिमहरुले बाइ पाउनु भएको छ उक्त टिमहरु A र B पोलबाट बिजेजा टिमहरु बीच सेमिफाइनल खेल हुने छ !

आयोजकको भनाइ अनुसार बलिहाङ कप २०१७ फुटवल प्रतियोगिता कुन खेल मैदानमा आयोजना गर्ने भन्ने अझैसम्म निष्कर्ष न निकालेको हुनाले केहि दिन पछाडी सबै टिमका क्यापटेनहरुलाई जनाकारी गराउने प्रतिबद्धता गरेको छ !

बलिहाङ कप २०१७ का नियम हरु -
१ - बलिहाङ कपमा सहभागी हुने चाहाने टिमले प्रेश मिटको दौरान टिम दर्ता शुल्क १५०० सेकेल र २०० सेकेल गरि १७०० सेकेल आयोजकलाइ बुझाइ आफ्नो टिम दर्ता गर्नु पर्ने छ !खेलको दौरान कुनै पनि खेलाडीले फल खेली अम्पायरले पहेलो कार्ड दिएमा २५ सेकेल र रातो कार्ड दिएमा ५० सेकेल जरिवाना लाग्नेछ र उक्त रकम डिपोजिट गरेको रकम बाट काटेर डिपोजिट पिर्ता गरिने छ !

२ -एस प्रेश मिट लगत्तै सहभागी टिमहरु गोला प्रथा गरि पोल छुटायाइने छ र गोला प्रथा बाटै टाईसिट प्रेश मिटमै निकालिनेछ !

३ - प्रतियोगितामा सहभागी हुने टिमहरुले अनिवार्य रुपमा जर्शी र जुत्ता लगाउनु पर्ने छ !

४ -खेलाडी संख्या अतिरिक्त सहित १० (७ + ३ )जना हुनु पर्ने छ र साथ्मा टिम कोच र टिम मेनेजरगरि १२ सदस्यीय टिम हुनु पर्ने छ !

५ - खेलको अवधि जम्मा ६० मिनेट हुनेछ जसमा पहिलो र दोश्रो हाफ २५ - २५ मिनेटको हुने छ भने १० मिनेट रेस्ट समय हुने छ !

६ एदी खेल बराबरी भएमा पेनाल्टी शुट आउट बाट खेलको नतिजा निकालिनेछ !

७ -खेलमा रेफ्री र सहायक रेफ्रीको निर्णयलाई सम्पूर्ण खेलाडी तथा टिमले आत्म साथ् गर्नु पर्ने छ !खेलमा कुनै बाद विवाद भएमा रेफ्री सहायक रेफ्री र आयोजक को निर्णय नै अन्तिम निर्णय हुने छ र उक्त निर्णयमा असन्तुष्टि जाएर गर्दै खेललाइ प्रभावित् गर्ने गरे या खेललाइ प्रभावित पारे आयोजकले उक्त टिमलाइ प्रतियोगिता बाट बाहिर गर्ने छ !

८ -समय र परिस्थितिलाइ मध्यनजर गर्दै तोकिएको समयमा कुनै एक टिम खेल मैदानमा उपस्थित नभए १५ मिनेटको थप समय दिइने छ उक्त समय भित्र पनि उपस्थित हुन् न सके उपस्थित टिमलाइ बिजेता घोसित् गरिनेछ !

९ -खेल अवधिभर खेलाडीहरुलाई कुनै पनि किसिमको चोटपटक लागेमा खेलाडी स्वयंम वा टिम जिम्वेवारी हुने छ !

बलिहाङ कप २०१७ फुटवल नक आउट प्रतियोगिताको पुरस्कार बिवरणहरु :-

-प्रथम पुरस्कार :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद -५००० सेकेल
-दोस्रो पुरस्कार :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद- ३००० सेकेल
-उत्कृष्ट खेलाडी :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल
-उत्कृष्ट डिफेन्स :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल
-उत्कृष्ट किपर :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल
-उत्कृष्ट गोलकर्ता :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल
-सर्बाधिक गोलकर्ता :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल
-म्यान अफ द म्याच :- ट्रफी ,मेडल ,प्रमाण पत्र र प्रतियोगिताको सवै खेलमा म्यान अफ द म्याच छनौट गरिने छ !

 

२०७४ आश्विन ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु