समाचार

उत्तर कोरियाको मिसाइल परीक्षणवारे बोल्यो नेपाल

काठमाडौं हालैका दिनमा उत्तर कोरियाले गरेका परमाणु मिसाइल परीक्षणका विषयमा नेपाल सरकारले चासो व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गर्दे राष्ट्र संघको सुरक्षा परिषद् महसन्धि विपरित उत्तर कोरियाले परमाणु मिसाइल परीक्षण गरेको जनाएको छ ।

बिज्ञप्तीमा नेपाल आमविनासकारी हतियारको विपक्षीमा रहेको उल्लेख छ ।

नेपालले कोरियाली प्रायदीपमा शान्ति र स्थिरता चाहेको पनि विज्ञप्तीमा छ । 

२०७४ आश्विन १ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत