खेलकुद

दशै गोल्ड कप २०१७ फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबको सानदार जित !

इजरायलमा रहेका सम्पूर्ण नेपाली दाजुभाई ताथा नेपालि भाषीहरु बिच भएको दसैँ कप २०१७ फुटबल प्रतियोगिता इजरायालको वोल्सोन फुटबल मैदान, ह-लोखामिम स्टेट ८ मा येहो सेप्टेम्बर १५- र १६ गते शनिबारको दिन भब्यताका साथ् सम्पन्न भएको छ |

दसैँ कप २०१७ फुटबल प्रतियोगितामा जम्मा ६ टिमले भाग लिएका थिए ! पहिलो A ग्रुपको खेलमा इस्ट स्पोर्टिंग क्लब र माउन्ट एभरेष्ट फुटबल क्लब बीच खेल भएको थियो !

उक्त A ग्रुपको खेलमा पहिलो गोल इस्ट स्पोर्टिंग क्लबको तर्फबाट २३ औ मिनेटमा बिष्णु ले दागेका थिए भने दोस्रो गोल खेलको अन्तिमौ मिनेटमा दुर्गा लिम्बुले दागे लगत्तै A ग्रुपको खेलमा इस्ट स्पोर्टिंग क्लबले माउन्ट एभरेष्ट फुटबल क्लब लाइ २-० गोलले पराजित गर्दै सेमीफानलमा प्रवेश गरेको थियो !

द्शैँ गोल्ड कप २०१७ फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबलाइ च्याम्पियन बनाउनुको महत्वपूर्ण भूमिका इस्ट स्पोर्टिंग क्लबका खेलाडी तथा टिममा मेनेजर खगेन सिं याख्खा याक्काको ठुलो देहन रहेको उहाको टिमले जनाएको छ !

ग्रुप B वाट दार्जिलिङ युनाइटेड क्लब र सम्सारा युथ क्लब बीच खेल भएको थियो उक्त खेलमा पहिलो गोल सम्सारा युथ क्लबको तर्फबाट खेल शुरु भएको १० औ मिनेटमा मिनमार शेर्पाले हानेका थिए भने खेलको दोश्रो गोल पनि १५ औ मिनेटमा मिनमार शेर्पा ले नै हानेका थिए |

सम्सारा युथ क्लबको तर्फबाट १९ औ मिनेटमा बिनोदको तामांगको तर्फबाट टिमको तेस्रो गोल दागेका थिए भने खेलको पहिलो हाफ समय पछाडी २५ औ मिनेटमा बिनोद तामांगले नै चौथो गोल हानेका थिए र पाचौ गोल २६ औ मिनेटमा नारायणले दागेका थिए भने खेलको २९ औ मिनेटमा सम्सारा युथ क्लबको तर्फबाट नारायण ले नै छैठौ गोल प्रहार गरेक थिए खेलको अन्तिम औ मिनेटमा छैठौं गोल हाने लगत्तै सम्सारा युथ क्लबले दार्जिलिङ युनाइटेड कल्बलाइ B ग्रुप बाट ६- ३ गोलको अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको थियो |

ग्रुप B वाट भएको दार्जिलिङ युनाइटेड क्लब र सम्सारा युथ क्लब बीचको खेलमा दार्जिलिंग युनाइटेड क्लबको तर्फबाट पहिलो गोल १६ औ मिनेटमा जर्शी नम्बर ११ को खेलाडी निशान्त राइले हानेको थिए भने दोस्रो गोल जर्शी नम्बर ४ को खेलाडीले दागेका थिए र आफ्नो टिमको तर्फवाट पहिलो खेलको हाफ समयपछी २७ औ मिनेटमा पुन निशान्त राइले तेस्रो गोल हाने पनि सम्सारा युथ क्लबको हात बाट ६-३ गोलको अन्तरले पराजित भोग्नु परेको थियो !

दसैँ कप २०१७ फुटबल प्रतियोगितामा भाग्यशालि टिम अर्थात ६ टिमको प्रतियोगितामा बाइ पाउने टिमहरु KYC क्लब र कायपलट क्लब थिए ! आयोजकको टाइसेटको नियम अनुसार पहिलो खेल A ग्रुपबाट विजय हासिल गर्ने टिम VS कायपलट र B ग्रुपबाट विजय गर्ने टिम VS KYC क्लब बीच सेमिफानल खेल भएको थियो !

ग्रुप A बाट माउन्ट एभरेष्टलाइ २-० ले परजित गर्दै बाइ पाएको टिम कायपलट क्लब संग् सेमीफाइनल खेल्न मैदानमा उत्रेको इस्ट स्पोर्टिंग क्लबले खेलको १४ औ मिनेटमा १० नम्बर जर्शी लगाएको खेलाडी दुर्गा लिम्बुले पहिलो गोल दागेका थिए भने खेलको २४ औ मिनेटमा दुर्गा लिम्बुले नै टिमको तर्फबाट दोस्रो गोल दागेका थिए !इस्ट स्पोर्टिंग क्लबको तर्फबाट सेमिफाइनल खेलमा तेस्रो गोल जर्शी नम्बर ९ को खेलाडीले ले हानेका थिए !

चौथो र पाचौ गोल भने कृष्ण लिम्बु र प्रताप लिम्बुले दागे लगत्तै इस्ट स्पोर्टिंग क्लबले कायपलट क्लब संग् सेमीफाइनल खेलमा ५-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ! उता ग्रुप B बाट दार्जीलिङ युनाइटेड क्लबलाइ ६-३ गोलको अन्तरले पराजित गर्दै प्रतियोगितामा बाइ पाएको टिम KYC क्लब संग सेमिफाइनल खेल खेल्न मैदानमा उत्रेको सम्सारा युथ क्लबले खेलको २५ औ मिनेटमा बिष्णु अधिकारिले पहिलो गोल हानेका थिए भने सम्सारा युथ क्लबको तर्फबाट दोस्रो र तेश्रो गोल बिनोद तामांगले हाने लगत्तै KYC क्लब लाइ ३-१ गोलको अन्तरले पराजित गर्दै फाइनल मा प्रवेश गरेको थियो |

KYC क्लब को तर्फबाट १ -गोल दाग्ने खेलाडी थिए सुन्दर नेपाल ! शनिवार दिउसो सम्सारा युथ क्लब र इस्ट स्पोर्टिंग क्लब बीच वोल्सोन फुटबल मैदान, ह-लोखामिम स्टेट ८ मा भएको प्रतिस्पर्धात्मक खेलमा खेलको ७ औ मिनेटमा सम्सारा युथ क्लबको तर्फबाट २३ नम्बर जर्शी लगाएको खेलाडी अरुण लामा ले आफ्नो टिमको तर्फबाट १ गोल हानेका थिए भने इस्ट स्पोर्टिंग क्लबको तर्फबाट १६ औ मिनेटमा राज भट्टराईले १ गोल प्रहार गरेका थिए भने दोस्रो गोल २५ औ मिनेटमा १० नम्बरको जर्शी लगाएको खेलाडीले दागे लगत्तै सम्सारा युथ क्लबलाइ २-१ गोलको अन्तरले दशैँ गोल्ड कप २०१७ फुटबल प्रतियोगिता इस्ट स्पोर्टिंग क्लबले विजय हासिल गरेको छ !

दशैँ गोल्ड कप २०१७ फुटबल प्रतियोगितामा उत्कृष्ट र अनुशासित् टिमको अवार्ड दार्जिलिङ युनाइटेड क्लबले हात पारेको छ ! दशैँ गोल्ड कप २०१७ फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी अवार्ड दार्जिलिङ युनाइटेड क्लबका खेलाडी सतिस राइलाइ दिएको छ !

इस्ट स्पोर्टिंग क्लब र माउन्ट एभरेष्ट बीच भएको खेलमा उत्कृष्ट खेलाडी अवार्ड दुर्गा लिम्बुले हात पारेका छन् ! कायपलट क्लब र इस्ट स्पोर्टिंग क्लब बीच भएको खेलमा उत्कृष्ट खेलाडी अवार्ड प्रताब लिम्बुले हात पारेका छन् !

KYC क्लब VS सम्सारा क्लब बिचको खेलमा उत्कृष्ट खेलाडी अवार्ड बिनोद तामांगले हात पारेका छन् भने उत्कृष्ट खेलाडी ओफ द टुर्नाममेंट पनि बिनोद तामांगले नै हात पारेका छन् !

उत्कृट गोल किपर वाइवा लामा 

२०७४ भाद्र ३१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत