समाचार

काठमाडौंमा कहाँ–कहाँ हुन्छ धेरै ट्राफिक जाम ?

काठमाडौं,भदौं ३१ – राजधानीका व्यस्त ३५ चोकमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ जडान गर्ने कार्यक्रम रद्द गरिएको छ । सरकारले राजधानीमा ट्राफिक जाम नियन्त्रण गर्न अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने तयारी गरेको थियो ।

जसमा एसियाली विकास बैंक (एडिबी) ले ऋण र अनुदानमार्फत ५० करोड सहयोग गर्ने जनाएको थियो, नयाँ पत्रिकामा खबर छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको काठमाडौं दिगो सहरी यातायात आयोजनाले बोलपत्र आह्वान पनि गरेको थयो ।

तर, छनोट भएको ठेकेदार कम्पनीले बजेटभन्दा २३ प्रतिशत धेरै अर्थात् ६१ करोड ५० लाख रुपैयाँ लाग्ने प्रस्ताव ग¥यो । बढ्न पुगेको रकम एडिबीले दिन अस्वीकार गरेपछि ट्राफिक लाइट जडान कार्यक्रम नै रद्द गरिएको हो ।

ट्राफिक महाशाखाका अनुसार न्युरोड, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, सहिदगेट, रत्नपार्क, केशरमहल, दरबारमार्ग, भृकुटीमण्डप, भद्रकाली क्षेत्रमा ट्राफिक जाम बढेका छन् । त्यस्तै, ठमेल, सोह्रखुट्टे, नयाँ बजार, गोंगबु, बालाजु, स्वयम्भू क्षेत्र, चाबहिल, गौशाला, बौद्ध क्षेत्र, कोटेश्वर, तिनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सातदोबाटो, कालिमाटी, बल्खु, कलंकी क्षेत्रमा ट्राफिक जामको समस्या अत्यधिक देखिने गरेको छ ।

२०७४ भाद्र ३१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत