समाचार

उत्तरलाई बार्तामा आउन जापानी प्रधानमन्त्रीको आग्रह

जापानी प्रधानमन्त्री शिन्जो आवेले उत्तर कोरियालाई यो आणविक परीक्षणको कार्यलाई तत्कालै रोकेर शान्ति वार्ताका लागि आग्रह गर्नुभएको छ ।

साथै उहाँले यसका कार्यका विरुद्धमा विश्व समुदायको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ– उत्तर कोरियाको यो कार्यले विश्व शान्तिमाथि नै धावा बोलिरहेको छ, अब उसका विरुद्धमा एक हुनु जरुरी छ ।

उहाँले उत्तर कोरियाले यसरी नै हतियारको होडलाई जारी राख्ने हो भने यसबाट उसको भविष्य पनि राम्रो हुनेछैन भन्ने कुरा विश्व समुदायले नै जानकारी गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

जापानी प्रधानमन्त्री आवेले भन्नुभएको छ, “यी परीक्षणहरु शक्तिशाली छन् र यस्ता क्रियाकलापहरू जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।”

२०७४ भाद्र ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत