खेलकुद

भुटानद्धारा नेपालसामू ५१ रनको चुनौती पेश

काठमाडौं, भदौ २८— मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको दोस्रो खेलमा भुटानले नेपाल सामू ५१ रनको विजयी लक्ष्य पेश गरेको छ । भुटानले दिएको ५१ लक्ष्यसहित नेपालले अब केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मलेसियास्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको भुटानले २८ ओभरमा अलआउट हुँदै ५० रन मात्र बनाउन सक्यो । नेपाली बलर हावी भएपछि भुटानका ब्याट्सम्यानहरु सस्तैमा पेभेलियन फर्किएका थिए । भुटानका टासी फुन्टोशोले १६ तथा उगेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका कप्तान दीपेन्द्र सिंह एरीले ८ ओभरमा २३ रन खर्चिएर ५ विकेट लिए । यस्तै सन्दिप लामिछानेले ७ ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए भने नन्दन यादवले एक विकेट लिएका छन् ।

पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको नेपाली टोली आज भुटानलाई पराजित गर्दै दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । यता, भुटान भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।

छनोटको समूह ए मा रहेको नेपालले २ अंक जोडेको छ र नेपाल समूहको दोस्रो स्थानमा छ । नेपालले आज भुटानलाई पराजित गरेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने छ । नेपालले समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । दुइ खेलमा जित निकालेको सिंगापुर समूहको शिर्ष स्थानमा छ । छनोटको समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।

भुटानले दिएको ५१ लक्ष्यसहित नेपालले अब केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

२०७४ भाद्र २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत