जितपुर सिमरा उपमहानगरपालिकाका ब्लड क्यान्सर पीडित ३ बर्षिय बालक प्रत्युस थापाको उपचारको सहयोगार्थ टि.यस् फिल्मसको आयोजनामा ‘Runway Fashion parade 2017’ सम्पन्न भएको छ ।
शनिबार राजधानीको दरबारमार्ग स्थित डेजा भू क्लबमा आयोजना भएको उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी कलाकर्मिको उपस्थिति रहेको थियो । जसमा मोडल हन्ट नेपाल २०१७ को ‘ Socially responsible’ अवार्ड जितेका सुमन शेर्पाल पनि सहभागी थिए ।
मोडल हन्ट नेपाल २०१७ को ‘ Socially responsible’ अवार्ड जितेपछि समाजको लागि काम गर्छु भन्ने सुमन आज ब्लड क्यान्सर पीडित ३ बर्षिय बालकको लागि Runway मा हिड्न पाउदा आफु एकदमै खुसी भएको बताउछन् ।
सुमन भन्छन : ‘मेरो अवार्डको उदेश्य नै समाजको सहयोगको लागि थियो अनि त्यो अवार्ड पाएर आज समाजको अनि कसैको जिन्दगी बचाउनुको केहि टेवा पुर्याउन मैले जे गरे म एकदम खुसी छु । ‘ त्यस्तैमा उनी फेरि भन्छन, ‘ मैले आगामी दिनहरुमा समाजको लागि के कस्तो सहयोग गर्नुपर्छ म सधै तत्पर रहनेछु ।’
Runway parade २०१७ मा showstopper को रुपमा वर्षा राउत , दीपा श्री निरौला , बेनिषा हमाल , अशिस्मा नकर्मी, रिमा बिश्वकर्मा मिस्टर नेपाल २०१७ का बिजेता अक्ष रायमाझी, सलोन बस्नेत , म्याक्स बस्नेत तथा दर्जनौ कलाकार उपस्थिति थिए ।
नेपाल आइडलमा समेत उद्घोषक रहेका सुशील नेपाल त्यो शो को उद्घोषक थिए । त्यस्तै गायक कमल खत्रीको बेजोड सांगीतिक प्रस्तुति उक्त कार्यक्रममा रहेको थियो ।
२०७४ भाद्र २७ गते मा प्रकाशित