बैँक / वित्त

नेपाल ग्रामीण विकास बैंकको एफपिओ खुल्यो, कहाँबाट गर्ने आवेदन ?

काठमाडौं, भदौ २७—नेपाल ग्रामीण विकास बैंकको थप नयाँ साधारण सेयर (एफपिओ) आजदेखि निष्काशन भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैँयाँका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकमा सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने भएपछि एफपिओ निष्काशन गर्न लागेको हो । एफपिओमा न्यूनतम ५० कित्तादेखि ४८७० कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था छ ।

बैंकको अवस्था कमजोर भएपछि बिना प्रिमियम आइपिओकै दरमा एफपिओ जारी गर्नुपरेको हो । यसअघि एफपिओ जारी गर्ने सबै कम्पनीहरुले प्रिमियम मूल्यमा जारी गर्दे आएका थिए ।

बैंकको एफपिओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । ग्रेड फोर प्लस रेटिङले बैङ्ककोे आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ । हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ९ करोड ७५ लाख रुपैयाँ थपिएर ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

गत आर्थिक वर्षमा १६ करोड १४ लाख ३२ हजार रुपैयाँ कमाएको छ । लघुवित्तको जगेडा कोषमा १७ करोड ३३ लाख ७७ हजार रुपैयाँ तथा प्रतिसेयर आम्दानी २८ रुपैँया ९६ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य सोमबार ७१३ रूपैयाँमा कारोबार बन्द भएको छ ।

कहाँबाट गर्ने आवेदन ?

बैंकको थप नयाँ साधारण सेयर प्रभू क्यापिटलले निष्काशन गरेको हो । एफपिआको विवरणपत्र सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल तथा ग्रामिण विकास बैंकको केन्द्रीय कार्यालय बुटवलबाट प्राप्त गर्न सकिनेछ ।

धितोपत्र बोर्डले चालु आर्थिक बर्षको सुरुवातसँगै अनिवार्य आस्वा प्रणाली मार्फत मात्र आवेदन गर्ने व्यवस्था गरेकाले एफपिओमा बोर्डबाट आस्वा सेवामा सहभागि बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयबाट भदौ ३० गतेसम्म ७५ जिल्लाबाट नै आवेदन गर्न सकिन्छ ।

आवश्यक माग नपरेमा भने बैंकले असोज १० गतेसम्म एफपिओ खुला गर्न सक्नेछ ।अहिले सबै बाणिज्य,विकास बैंक र फाइनान्स कम्पनीहरू आस्वामा सहभागि भइसकेको लगानीकर्ताले आफ्नो खाता रहेको संस्थाबाट नै सहज रूपमा आवेदन गर्न सक्नेछन् ।

२०७४ भाद्र २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत