बैँक / वित्त

अब एसमएसबाटै आईपीओ र एफपीओमा आवेदन दिन सकिने

काठमाडौं, भदौ २७— एनएमबी बैंकले एसएमएसबाट सेयरमा लगानी गर्ने व्यवस्था गरेको छ । बैंकले डिजिटलाइजेसन ड्राइभ अन्तर्गत घर र कार्यलयमा बसेर एसएमएसमार्फत प्रथामिक निष्कासन (आईपीओ) र थप निष्कासन (एफपीओ) मा आवेदन दिन सकिने जनाएको छ ।

आस्वा स्पेश एकाउन्ट नम्बर एसपेस डिम्याट नम्बर टाइप गरी ३७४४७ मा पठाउनु पर्ने छ । त्यसपछि बैंकबाट आस्वा नम्बर पाउन सकिन्छ । बैंकले मोवाइल तथा इन्टरनेट बैंकिङ प्रदान गरिरहेकोमा थप नयाँ बैकिङ प्रविधिको सुरुवात गरेको छ ।

२०७४ भाद्र २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत