खेलकुद

रियल सोसिडाडको अपराजित यात्रा कायमै

काठमाडौं, भदौ २६- स्पेनिस लालिगामा लगातार तेस्रो जीत निकाल्दै रियल सोसिडाडले आफनो अपराजित यात्रा कायम राखेको छ । गए राति भएको खेलमा स्पोर्टिभोलाई ४–२ ले पराजित गर्दै सोसिडाडले अपराजित यात्रा कायम राखेको हो ।

यो सँगै उसले बार्सिलोनासँगको अंक बराबरी गरेको छ । लालिगामा अहिलेसम्म बार्सिलोना र सोसिडाड अपराजित टिम हुन् ।
दुवै समहको समान ९ अंक छ तर गोलअन्तरको आधारमा भने बार्सिलोना शीर्ष स्थानमा बसेको छ ।

गए राति नै भएका अन्य खेलमा सेल्टाभिगोले अल्भासलाई १–० ले पराजित ग¥यो भने एथ्लेटिकको बिलवाओले गिरानोलाई भने २–० ले पछि पा¥यो । लिगका तेस्रो चरणका खेल सकिँदा साविक विजेता रियल मड्रिड भने एक जीत र दुई बराबरी गर्दै सातौं स्थानमा छ ।

२०७४ भाद्र २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत