खेलकुद

मेस्सीको हाट्रिक, बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगामा लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पानियोललाई फराकिलो गोलअन्तरले पराजित गरेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले पराजित गर्यो।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पुरा गरे।

घरेलु मैदान नेउक्याम्पमा भएको खेलमा २६ औं मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। डी बक्स नजिकैबाट विपक्षी खेलाडीलाई छलाउदै मेस्सीले गरेको प्रहार गोलमा परिणत भएको थियो।

त्यसको ९ मिनेट पश्चात मेस्सीले अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। जोली अल्भाको स्लाइड पासमा मेस्सीले पोस्ट नजिकैबाट दोस्रो गोल गरेका थिए।

पहिलो हाफमा २–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा पनि उत्कृष्ट लय कायमै राख्यो। ६७ औं मिनेटमा तेस्रो गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरे।

यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित दर्ता गर्याे।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ।

२०७४ भाद्र २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत