खेलकुद

यसकारण चेल्सीलाई जिताए पनि सेलिब्रेसन गरेनन् कान्टेले?

 

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता चेल्सीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

चेल्सीको जितमा अल्भारो मोराटा र एन’गोले कान्टेले गोल गरे। ४१ औं चेल्सीलाई अग्रता दिलाएपछि मोराटाले खुलेर सेलिब्रेशन गरे तर ठिक विपरित ५० औं मिनेटमा क्लबका लागि दोस्रो गोल गरेका कान्टेले भने खासै सेलिब्रेसन गरेनन्।

खेलपश्चात प्रतिक्रिया दिदैं कान्टेले आफ्नो पूरानो क्लब प्रति आदारभावका कारण सेलिब्रेशन नगरेको बताएका छन्।

आफ्नो टिमका लागि गोल गर्दा खुशी हुनु स्वभाविक रहेको बताउदै उनले पूर्व क्लबको सम्मानका लागि सेलिब्रेसन आफै भित्र दबाएको बताए।

लेस्टरले प्रिमियर लिगको उपाधि उचाल्दा उनी त्यसका सदस्य थिए। कान्टे गएको सिजन लेस्टरबाट चेल्सी आएका हुन्।

६२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै जेम्मी भर्डीले लेस्टरका लागि सन्त्वाना एक गोल फर्काएका थिए।

जितसँगै चेल्सी अंक तालिकाको शीर्ष तीनमा उक्लिएको छ। चार खेलबाट चेल्सीले ९ अंक जोडेको छ।

२०७४ भाद्र २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत