खेलकुद

बार्सिलोनाको जितः मेसीको ३८ औं ह्याट्रिक

काठमाडौं,भदौ २५-लियोनल मेसीले इस्पनयोल विरुद्धको खेलमा ३८ औं ह्याट्रिक गरेका छन् । शनिबार राती भएको उक्त खेलमा बार्सिलोनाले समग्रमा इस्पनयेललाई ५-० ले हरोएको छ ।

त्यस खेलमा विश्वका दोस्रो ठूलो महँगा खेलाडी डेम्बेलेले दोस्रो हाफमा डेब्यु गरे । उनी बार्सिया डर्टमन्डबाट कीर्तिमान १३ करोड ५० लाख पाउन्डमा बार्सिलोना आएका हुन् ।

यो जितपछि बार्सिलोना तीन खेलबाट नौ अंकसहित शीर्ष स्थानमा छ । यो सँगै बार्सिलोनाले समान खेल खेलेको रियल म्याड्रिडको भन्दा चार अंकको अग्रता लिन सफल भएको छ । रियल भने छैटौं स्थानमा छ ।

२०७४ भाद्र २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत