देश

अग्रीम टिकट बुकिङ मंगलबारदेखि,छतमा सामान राख्न दिइने,भाडादर बढ्ने

काठमाडौं,भदौं २४ – आगामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । दशैमा राजधानीबाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्न लागेका हुन् ।

भाडा समायोजन प्रक्रिया अघि बढाउने र सार्वजनिक सवारी साधनका छतमा सामान राख्न दिन सरकार सहमत भएपछि यातायात व्यवसायीले टिकट बुकिङ खुलाउने विषयमा सहमति जनाएका हुन् ।

यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेर्स्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् ।

अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने यातायात विभागले जनाएको छ । काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ ।

व्यवसायीले यसपटक सडकको अवस्था खबराव रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न आनाकानी गरेका थिए ।

२०७४ भाद्र २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत