समाचार

भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

काठमाडौं,भदौं २३ – भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित पुरन्दरपुर गोरखपुर रोडमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ ।

गुडिरहेको नेपाली सवार कारलार्इ विपरित दिशाबाट आएको ट्याङ्करले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक नेपालीहरूका बारे विस्तृत विवरण आउन बाँकी छ ।

२०७४ भाद्र २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत