संगीत

नेपाल आइडलविरुद्धको मुद्दा खारेज

काठमाडौं, भदौ २३-नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध उजुरी दर्ता गराएका थिए ।

अधिवक्ता न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टरको एकल इजलासले खारेज गरेको हो ।

काठमाडौं जिल्ला अदालतको शुक्रबारको फैसलामा भनिएको छ, ‘निवेदकले निवेदनमा माग गर्नु भएको करार ऐन २०५६ को दफा ८७ अन्तर्गतको उपयुक्त आदेश जारी हुनका लागि वस्तुतह निवेदक करारको एक पक्षीय हुनुपर्नेमा सार्वजनिक सरोकारको विषयलाई लिई प्रस्तुत निवेदन परेको देखिन्छ । त्यो कानुनी प्रवधान अन्तर्गत निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । अतः प्रस्तुत निवेदन खारेज हुने ठहर्छ ।’

पछिल्लो समय नेपाली आइडललाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी हुदै आएको थियो ।

२०७४ भाद्र २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत