ग्लोबल

मेक्सिकोमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मेक्सिको । मेक्सिको दक्षिणी तट नजिकै शक्तिशाली भूकम्प गएको छ । 

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

स्थानीय समयअनुसार बिहिबार राती भूकम्प गएको हो ।

यसको केन्द्रविन्दू पिजिजिपानबाट १२३ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो । भूगर्भ विभागका अनुसार जमिनबाट ३३ किलोमिटर तल केन्द्रविन्दु रहेको थियो ।

भूकम्पपछि विभिन्न स्थानमा सुनामीको चेतावनी दिइएको छ ।

थप विवरण आउन बाँकी रहेको छ ।

२०७४ भाद्र २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत