खेलकुद

भारतीय राष्ट्रिय टोली भन्दा महंगो आइपीएलको खेल

स्टार इंण्डियाले इण्डियन प्रिमियर लिग (आइपीएल) को प्रशारण अधिकार कीर्तिमानी मुल्यमा खरिद गरेको छ। १६ हजार ३ सय ४७ करोड भारु रुपैयाँमा आगामी पाँच वर्षका लागि स्टार इण्डियाले आइपीएलको प्रशारण अधिकार किनेको हो।

 सन् २०१८ देखि २०२२ सम्मका लागि आइपीएलको प्रशारण अधिकार वाफत स्टारले सो कीर्तिमानी रकममा आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई दिन लागेको हो। 

यसअघि सन् २००८ मा ८२ सय करोड भारु रुपैयाँमा सोनीले दश वर्षका लागि प्रशारण अधिकार खरिद गरेको थियो।

यो सम्झौतासँगै बीसीसीआईले राष्ट्रिय क्रिकेट टोलीको भन्दा आइपीएलको प्रशारण अधिकारबाट बढी कमाई गर्ने भएको छ।

नयाँ सम्झौता अनुरुप आइपीएलका हरेक खेल प्रशारण गरेवाफत बीसीसीआईले ५५ करोड भारु पाउनेछ। जबकी भारतीय राष्ट्रिय टोलीको एक खेल प्रशारण गरेवाफत बीसीसीआईले हाल ४३ करोड भारु मात्रै पाइरहेको छ।

२०१२ मा स्टारले भारतीय अन्तराष्ट्रिय खेल प्रशारण अधिकार ६ वर्षका लागि ३८ सय ५१ करोडमा किनेको थियो। यस हिसाबबाट हेर्दा प्रत्येक म्याचको ४३ करोड रुपैया पर्न आउँछ।

स्टारसँगको राष्ट्रिय टोलीको प्रशारण अधिकार आगामी वर्ष सकिने भएकाले त्यसपश्चातको बीसीसीआईले झनै ठूलो रकममा सम्झौता गर्ने देखिन्छ।

२०७४ भाद्र २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत