बजार

दरबारमार्गको चार ब्राण्डेड पसलमा शिलबन्दी, २४ सयको जुत्ता २७ हजार

काठमाडौं,भदौं – सरोकारवालाको अनुगमन टोलीले काठमाडौंको दरबारमार्गस्थित चारवटा ब्राण्डेड पसलमा बढी मुल्य लिएको भन्दै शिलबन्दी गरेको छ । आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले गरेको अनुगमनमा लत्ताकपडामा चर्को मुल्य असुल्ने गरेको भेटिएपछि टोलीले पुमा, नाइके, बिन्टले र स्टोर वानमा बढी मुल्य लिएको भन्दै शिलबन्दी गरेको हो ।
अधिकांशले ११ गुणा बढी मुल्य लिने गरेको भेटिएको अनुगमन टोलीका सदस्यहरुले जानकारी दिएका छन् ।

उच्च मुनाफा राखी कालोबजारी गरेको आरोपमा ती पसलहरुमा शिलबन्दी गरेको जनाएको टोलीले जनाएको छ । अनुगमनका क्रममा १ हजार पर्ने कपडा ४ देखि ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको भेटिएपछि शिलबन्दी गरिएको पसलका व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

२०७४ भाद्र १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत