कला

मोडल हन्ट नेपाल सिजन ३ को ‘Socially Resposible’ अवार्ड सुमनलाई

यही गएको शनिवार काठमाडौको सोल्टी क्राउन प्लाजामा भएको ‘मोडल हन्ट नेपाल सिजन ३’ को फाइनलमा सयौँ जना प्रतिस्पर्धीबाट सुमन शेर्पालले ‘Socially resposible’ अवार्ड हात पारेका छन् ।

पैतिस दिनको लामो अभ्यासपछि भएको फाइनलमा सुमनले आफूले सिकेका कुराहरु लागू गरेर समाजको लागि काम गर्न प्रतिवदता गरेका छन् ।

उनले यो अवार्ड जितेसँगै आफू माथि महत्वपूर्ण जिम्मेवारी बढेको बताएका छन् । उपाधी जितेपछि उनले आफू समाजको लागि स्वच्छ दिगो र कर्मठ भावना लिएर काम गर्ने बताए ।

मिडियाडबलीसँगको कुराकानीमा सुमनले भने, ‘सयौ जनामा यो अवार्ड जित्नु गाह्रो थियो त्यसको साथसाथै त्यो अवार्डको सम्मान गरेर समाजको लागि काम गरेर देखाउनु झनै प्रतिस्पर्धात्मक रहने छ ।’

सबैको साथले नै आफू यो स्थानसम्म आइपुग्न सफल भएको बताउँदै आउदो दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको सुमनले बताए ।

नेक्स्ट टप मोडल्स नेपालले आयोजना गरेको कार्यक्रम मोडल हन्ट नेपाल २०७४ सिजन ३ को उद्देश्य समाजमा प्रतिभाशाली बहुमुखी मोडलको उत्पादन गरी देशलाई नै अन्तरराष्ट्रीय स्तरमा चिनाउनु रहेको थियो ।

काठमाडौको सोल्टी क्राउन प्लाजामा सम्पन्न कार्यक्रममा नायिका प्रियका कार्की , मिस नेपाल २०१६ अस्मी श्रेष्ठ तथा गायक कालीप्रसाद बास्कोटा लगायतको सहभागी रहेको थियो ।

त्यसैगरी यही शनिवार २४ गते दरबारमार्गको डेजा भू मा टिएस फिल्मसले आयोजना गरेको रनवे परेड २०७४ मा समेत आफ्नो प्रस्तुती दिने उनले जानकारी गराएका छन् ।

२०७४ भाद्र १६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत