देश

मृत्युहुने छोरा दिपक गन्धर्वको बुवा सर्मे गन्धर्वको खोजीको लागि अपिल !

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न .९ अर्घा भेडावारी निवासी कक्षा ६ मा अध्यनरत् गर्ने बिद्यार्थी बर्ष १४ को दिपक गन्धर्व यो कलिलो उमेरमा २०७४ साल भाद्र ११ गते यो खाउ खाउ र लाउ लाउ भन्ने उमेरमा येस पापी संसार बाट उपचार गर्न हस्पिटल तर्फ लैजादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड न १० को मिनिकोट भन्ने ठाउमा हस्पिटल पुराउन न पाउदै बीच बाटोमै सदाको लागि हामीहरु बाट अलबिदा लिनु भयेको छ !

दिपक गन्धर्व आज उहाले एस् संसार छोडेको पनि ४ दिन भई  सक्यो तर निजको बाबु सर्मे गन्धर्व छोरा बितेको ४ -४ दिन हुदा पनि थाहा भएर हो या थाहा न पाएर हो अहिले सम्म न त् घरमा फर्किनु भएको छ न त् उहा कसैको सम्पर्कमा हुनुहुन्छ छिमेकि हरुको भनाई अनुसार उहा आफ्नो छोराको उपचार र घरको दैनिकी खानपिन जुटाउनको लागि गाउ गाउँमा अर्थात जिल्ला भन्दा बाहिर पनि सारंगी बोकेर हिडने १५ दिन घरमा १५ दिन तेस्तै बाहिर गाउँमा हिड्डुल गरेर जम्मा गरेको खाद्यन्न ,लत्ताकपडा, पैसाले आफ्नो परिवारहरुको जिविकाउपार्जन गरेको बताउनु हुन्छ तर सारै दुखको कुरा आज उहाको मुटुको टुक्रा सरह दिपक गन्धर्व छोराले एस् संसार बाट अंतिम बिधाई लिएर गई सक्दा पनि उहा घरमा नफर्केको सम्पर्क बिहिन रहेको घरका सदस्यहरुले उहालाई सम्पर्क गर्ने धेरै प्रयास गर्दा पनि सम्पर्क हुन् न सक्दा उहाका परिवारहरु सारै नै दुखि र चिन्तित हुनुहुन्छ

येस दुखको घडीमा मृत्यु हुने छोराको बाबु सर्मे गन्धर्व लाइ कुनै ठाउ कुनैपनि जिल्लमा तल राखिएको तस्विरमा तेस्तो ब्याक्ति र नाममा मेल खान गएमा उक्त मोबाइल नम्बरमा ९८४१८६७४८५ मा कल गरि खबर पुराउनु हुन् अनुरोध गर्दछु कृपया मित्रहरु एस् दुखको घडीमा मृत्यु हुने छोराको बुवाको खोजीको लागि जति सक्दो एस् पोस्टलाइ share गरेर साथ् दिनुहुन बिनम्र अनुरोध गर्दछु सेवा नै धर्म हो !

२०७४ भाद्र १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत