देश

रौतहटको बाढीपीडितलाई राहत वितरण

रौतहट–रौतहटको परोहा नगरपालिका वडानम्बर ७ र ८ नरकटिया टोलका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । डुबानमा परेका पीडित परोहा नगरपालिका हाल ७ र ८ वडा साविक (गाविस) नरकटिया टोलका बाढी प्रभावित १६० जनालाई राहत स्वरूप चामल १० केजी, दाल १ के.जी र मस्यौरा १ केजी वितरण गरिएको थियो ।


हाम्रो क्लब बेल्जियम, समाजसेवी यसोदा थापा, बद्रीनाथ झा र बुद्धि मनान्धरको पहलमा संयुक्त रूपमा उपलब्ध राहत वितरण गरिएको हो । बाढीपिडीतका लागि बिदेशमा रहेका नेपालीहरुलाई थोरै भएपनि सहयोग गर्न क्लबका अध्यक्ष रमेश कँडेलले बताए । 

२०७४ भाद्र १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु