देश

चितवनको माडी क्षेत्रमा भारी वर्षा, सतर्क रहन आग्रह

बिहीबार चितवनको माडी क्षेत्रमा ठूलो मात्रामा वर्षा भएको छ। वर्षाका कारण माडी क्षेत्रमा बाडी र डुवान पर्न सक्ने भन्दै नेपाल बाढी सूचना केन्द्रले सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपाल बाढी सूचनाले मध्ये तराइका केही क्षेत्रमा पनि वर्षा हुने जनाएको छ। उसले मध्य तराइको वर्षा केही समय रहने बताएको छ।

गत साउनको अन्तिम साता आएको बाढी माडी क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति बनाएको थियो। बाढीले २१६ घरमा क्षति पु¥याएको छ भने आठ सय बिगाहा क्षेत्रको जमिन कटान र डुवानका कारण प्रभावित बनेको छ। 

माडाी नगरपालिकाका मेयर ठाकुर ढकालले बाढीले माडीमा ठुलो मात्रामा क्षेति पु्र्याएको बताए। उनले मुख्य गरेर बस्ती र धानबालीमा क्षेति पुर्याएको जानकारी दिए। उनले बाढीले २१६ घरमा क्षति पु¥याएको बताए।

पूर्ण क्षति भएकाहरुमध्ये केहीलाई छिमेकको घरमा बस्ने व्यवस्था मिलाइएको र केहीलाई विभिन्न सामुदायिक भवन र रेडक्रम भवनमा बस्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

माडीको बाँदरझुलास्थित सामुदायिक भवनमा बाढीपीडितलाई राखिएको छ। यस्तै, गोविन्दबस्ती र प्याउलीका पीडितहरुलाई गाउँलेको घरमै राख्ने व्यवस्था गरिएको छ। उनीहरुका लागि रेडक्रस भवनमा सामूहिक खानाको प्रबन्ध गरिएको नगर प्रमुख ढकालले जानकारी दिए।

कतिपयका घर र जमिनहरु नामोनिशाना नै नरहने गरी बगाएर लगेको उनले बताए। आंशिक क्षति भएकाहरुलाई भने बाहिर सामूहिक खानाको व्यवस्था गरी सुत्नलाई आफ्नै घर प्रयोग गर्न भनिएको थियो।

साउन २८ गतेको अविरल बर्षापछि आएको बाढीले माडीको वनकठ्ठा, अमिलिया, सिमरा, धोवाह, रतनी, बाँदरझुला, प्याउली, गोविन्द बस्ती लगायत क्षेत्रलाई प्रभावित गरेको थियो। ठाडा खोला र रिउ नदीमा आएको बाढीले यसरी क्षति पु¥याएको हो।

माडीका स्थानीयवासी गोविन्द न्यौपानेले अहिले राहत वितरणको काम चलिरहेको र चाँडै नै यहाँका बाढी प्रभावितलाई आवासको व्यवस्थापन जरुरी भएको बताए। नगरपालिकाका अनुसार आएका अधिकांश राहत सामग्री समन्वय गरी वितरण भैरहेको छ।

२०७४ भाद्र ८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत