सूचना प्रबिधि

बाढी पीडितलाई सगुनको १० हजार डलर सहयोग

साउन, काठमाडौं - तराई मधेसका जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित जनताहरुका लागि सगुन डट कमले १० हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगुनले बिज्ञप्तिमार्फत तराईका जनताका लागि १० हजार डलर सहयोग गर्ने घोषणा गरेको हो ।

सहयोग धुर्मुस-सुन्तली फाउण्डेसनमार्फत पीडितसमक्ष पुर्‍याइने सगुनले जनाएको छ । यसअघि भूकम्पपीडितलाई गरेको सहयोग पनि सगुनले धुर्मुस सुन्तली फाउण्डेसनमार्फत उपलब्ध गराएको थियो ।

बाढीले तराईका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । यहाँको भौतिक सम्पत्तिमा धेरै क्षति पुगेको छ ।

२०७४ श्रावण ३२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत