बजार

समाजले हेला गरेका ‘रोगी’ रिर्चड ब्रान्सन यसरी बने अर्बपति

मानव जीवनका दुईवटा पाटा हुन्छन्, जैविक र सामाजिक । जैविक पाटो प्राकिृतिक, स्वतन्त्रता र स्वच्छन्दताको द्योतक हो भने सामाजिक पाटो रितिरिवाज, संस्कृति, भाषा, धर्म, मुल्य–मान्यता आदिको शुत्रमा जेलिएको हुन्छ ।

मानिसको पहिलो अस्तित्व जैविक नै हो । तर, जीबनलाई थप ब्यवस्थित गर्न, प्रक्रियामा ढाल्न तथा बातावरण र प्रकृतिसँग अन्तरक्रिया गर्न अन्य सामाजिक अवयवहरुको सृजना गरिएका हन् ।

मानव समाज बिकासका जतिजति चरणहरुमा उक्लदैं छ, त्यतित्यति जटिल पनि बन्दै छ । र, यो जटिलतासँगै मानव समाज कम प्राकिृर्तिक र बढि सामाजिक बन्दै गैरहेको छ । सामान्य, स्वभाबिक र प्राकृर्तिक जीबनलाई मानव निर्मित गह्रौं मान्यताहरुले थिच्दै छन् । र, मानिस निस्सासिदैं छ । समाज जति अगाडी बढ्दै गयो, उती नै आत्महत्या गर्नेहरुको संख्या बढ्दै जानुले पनि यही तथ्यको पुष्टि गर्छ ।

१६ बर्षको उमेरमा उनले स्कूल र औपचारिक शिक्षा छाडेर उद्यमशिलताको बाटो समाते । आखिर समाजको प्रचलित मुल्य–मान्यतामा ‘फिट’ हुन नसक्ने सृजनशिल, स्वच्छन्द र अराजक मानिसले समाउने बाटो भनेकै उद्यमशिलताको न हो ।

होइन भने कुनै जनावरले आत्महत्या गरेको कहिल्यै सुन्नभएको छ ?

रिर्चड ब्रान्सन् (जसलाई आज बिश्व भर्जिन ग्रुपको संस्थापक एवं अर्बपतिको रुपमा चिन्छ) पनि बाल्यकालमा उनी जन्मे हुर्केको सामाजको मूल्य मान्यताका कारण पिल्सिएक थिए । उनको प्राकृर्तिक अस्तित्व उनको समाजको मूल्य मान्यताको कसीमा घोटेर हेर्दा निकम्मा ठहरिएको थियो ।

सन् १९५० मा बेलायतमा जन्मेका ब्रान्सन् ‘डिस्लेक्जिया’बाट पिडित थिए । डिस्लेक्जिया त्यस्तो ‘रोग’ हो, जसको पिडितलाई तिक्ष्ण बौद्धिक क्षमताका बाबजु्द समाजको आकांक्षामा खरो उत्रन नसक्दा बेकम्माको जामा परिर्याउने गरिएको छ ।

 

ब्रान्सनका पालामा त झन् यो प्रबृति अझ तीब्र थियो । धेरै कम मानिसलाई मात्र डिस्लेक्जियाका बारेमा थाहा थियो ।

‘मेरा शिक्षकहरु म अत्यन्तै अल्छि र सुस्त रहेको बताउँथे । म कक्षामा सिकाएका कुराहरु र अन्य कामहरु (जो मेरा उमेरमा केटाकेटीहरुले सहजै गर्न सक्थे) सजिलै टिप्न सक्तिनथें’, उनी भन्छन् ।

वकिल पिता र एयर होस्टेज आमाका छोरा ब्रान्सनको बाल्यकाल सुखद रहेन । परिवार र समाजले उनलाई बुझेन । उनका गुणहरुलाई नजरअन्दाज र केही कमी–कमजोरीहरुलाई अतिरञ्जित गरियो ।

उनले स्कूलमा राम्रो गर्न सकेनन् । समाजले केटाकेटीहरुबाट उनीहरुको उमेरको सापेक्षता अनुसार जस्तो किसिमको गुण, ब्यवहार आदिको अपेक्षा गर्छ, त्यसमा उनी खरो उत्रन सकेनन् । र, अन्ततः एक्लो जस्तो भए ।

सायद डिस्लेक्जियाले पडितहरु अरुले सिकाएको सिक्न नसक्ने र आफ्नै बाटो हिंड्न बाध्य हुने हुनाले बढि सृजनशील भएका पो हुन् कि भन्ने तथ्यलाई थोमस एडिसन, अल्बर्ट आइन्सटान र रिर्चड ब्रान्सनको सफलताले बल भने पुर्याउन सक्ला ।

तर, अन्य मानिसलाई झैं एक्लोपनले उनलाई निल्न सकेन । बरु, उनको एक्लोपन सृजनशिलताको ‘चिङ्गारी’ बनेर धपक्क बल्यो ।

१६ बर्षको उमेरमा उनले स्कूल र औपचारिक शिक्षा छाडेर उद्यमशिलताको बाटो समाते । आखिर समाजको प्रचलित मुल्य–मान्यतामा ‘फिट’ हुन नसक्ने सृजनशिल, स्वच्छन्द र अराजक मानिसले समाउने बाटो भनेकै उद्यमशिलताको न हो ।

उनको पहिलो ब्यवसायिक यात्रा भनेको ‘स्टुडेन्ट’ नामको युवा साँस्कृतिक म्यागेजिन थियो । त्यस म्यागेजिनले पहिलो अंकै ८ हजार डलरको बिज्ञापन संकलन गरेको थियो । यो सन् १९६६ को कुरा हो । आफ्नो लागत उठाएपछि ब्रान्सनले ५० हजार प्रतिम्यागेजिन सित्तैंमा बाँढेका समेत थिए ।

त्यसपछि सन् १९६९ तिर बेलायती संगीतबाट घेरिएर लण्डन सहरमा बस्दा उनले रेकर्डिङ कम्पनीको स्थापना गरे । उनी शुरुवाती दिनहरुमा हुलाकबाट क्यासेटहरु बेच्ने गर्थे । ब्यवसायले ठिक ठिकै ग¥यो । र, लण्डनको अक्सफोर्ड स्ट्रिटमा पहिलो पसल खोल्नका लागि सघायो ।
त्यही पसलको सहयोगमा उनले सन् १९७२ मा रेकर्डिङ स्टुडियो खोले । र, स्टुडियो सँगै ‘भर्जिन रेकर्डस्’ नामको रेकर्ड लेबलको पनि जन्म भयो ।

भर्जिन ग्रुप अहिले बिश्वब्यापी ब्राण्ड भएको छ । यो ग्रुप अन्र्तगत अहिले ४ सय कम्पनी छन् । ती मध्ये भर्जिन मोबाइल, भर्जिक अष्ट्रेलिया (एयरलाइन्स कम्पनी) सर्वाधिक चर्चित कम्पनी हुन् ।

भर्जिन नामको पनि रोचक प्रसंग छ । शुरुवाती दिनहरुमा ब्रान्सनको एक जना कर्मचारीले आफूहरु ब्यवसायमा नयाँ भएका कारण भर्जिन नाम उपयुक्त हुने सुझाएका रहेछन् । भर्जिन शब्दको नेपालीमा ‘कुमार वा कुमारी’ (यौन ब्यवहारको दृष्टिले) भन्ने लाग्छ ।

अहिले ब्रान्सनको भर्जिन ग्रुप अन्र्तगतका ४ सय कम्पनीहरु बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका, एसियालगायत भुगोलमा फैलिएको छन् । र, ब्यवसाय पनि रेल कम्पनी, अन्तरिक्ष पर्यटनसम्म फैलिसकेको छ ।

ब्रान्सनको आगामी योजना भने ‘ग्लोबल वार्मिङ’ सँग जुध्न र बढ्दो उर्जा मूल्यका बिरुद्ध लड्नका लागि ‘भर्जिन फ्युल’ भन्ने कम्पनी रहेको छ ।
अहिले भर्जिन ग्रुपको बार्षिक कारोबार २० अर्ब डलर हाराहारी पुगिसकेको छ । यो ग्रुपको कम्पनीहरुमा ७१ हजारभन्दा बढि कर्मचारी काम गर्छन् । र, रिर्चड ब्रान्सनको कूल सम्पत्ति ५ अर्ब डलर भन्दा बढि छ । उनी फोब्र्समा सुचिकृत अर्बपति ब्यवसायी हुन् ।

डिस्लेक्जिया भनेको यस्तो रोग हो, जसको पिडितको बौद्धिक क्षमतामा कुनै कमी हुँदैंन । तर, समाजको अपेक्षा अनुरुप उमेर अनुसार सिक्नु पर्ने कतिपय कुराहरुको सिकाइको गति भने केही ढिलो हुनसक्छ ।

यो कुनै आधिकारीक तथ्य त होइन, तर बिश्वमा बिभिन्न क्षेत्रको नेतृत्वकर्ताहरु बाल्यकालमा डिस्लेक्जियाबाट पिडित भएको बताइन्छ । थोमस एडिसन र अल्बर्ट आइन्सटाइन जस्ता बिश्वबिख्यात बैज्ञानिक पनि डिस्लेक्जियाबाटै पिडित रहेको बताइन्छ ।

वास्तवमा भन्ने हो भने कसैको अपेक्षा अनुरुप वा अरु कसैले सिकाएर सिक्नु भनेको त उ जस्तै वा उ भन्दा केही ‘कमसल’ हुनु नै हो । नयाँ नयाँ आबिष्कार गर्ने त आफ्नै सृजनशिलताले हो ।

सायद डिस्लेक्जियाले पडितहरु अरुले सिकाएको सिक्न नसक्ने र आफ्नै बाटो हिंड्न बाध्य हुने हुनाले बढि सृजनशील भएका पो हुन् कि भन्ने तथ्यलाई थोमस एडिसन, अल्बर्ट आइन्सटान र रिर्चड ब्रान्सनको सफलताले बल भने पुर्याउन सक्ला । एजेन्सीहरूकाे सहयाेगमा

२०७४ श्रावण २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत