ग्लोबल

दुबईको ‘टर्च टावर’ भवनमा भीषण आगलागी

साउन २० – ७९ तले आवासीय भवन ‘टर्च टावर’ मा  भीषण आगलागी भएको छ। सामाजिक संजालमा पोस्ट गरिएका केही भिडियो फुटेजमा टावरमा ह्वारह्वार आगो लागिरहेको देख्न सकिन्छ। टावरमा रहेका मानिसहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार आगालागी भएको सो भवनको माथिल्लो तलाबाट जमिनमा जलेर नस्ट भएका सामग्रीहरु खसेको छ ।

विश्वकै अग्ला भवनहरुमध्ये पर्ने टर्च टावरमा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ । तर, आगलागीको कारण भने खुलिसकेको छैन। ११०० सय फिट अग्लो यो टावरमा पछिल्ला दुई वर्षमा दोस्रो पटक आगलागी भएको हो। आवासीय यो गगनचुम्बी भवनमा सन् २०१५ मा पनि आगलागी भएको थियो।

बीबीसीकाअनुसार यो दोस्रोपटक उक्त भवनमा आगलागी भएको हो । २०११ देखि सञ्चालनमा आएको टर्च टावर भवनमा यसअघि सन् २०१५ मा पनि आगलागी भएको थियो ।७९ तला र ६७६ फ्ल्याट रहेको टर्च टावर भवन विश्वकै ३२ औं अग्लो भवन मानिन्छ।

२०७४ श्रावण २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत