साहित्य

रक्तदानबारेको निबन्ध लेख्ने बस्ताकोटीले पाए ५० हजार पुरस्कार

साउन १४, काठमाडौं–  ‘रक्तदान महादान’ शीर्षकमा विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा शान्ति विद्यागृह विजयी भएको छ ।

शिखर युबा क्लव घट्टेकुलो र काठमाडौं एभरेस्ट लाइयन्स क्लबले आयोजना गरेको विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा शान्ति बिद्यागृहका शिशिर बस्ताकोटी प्रथम भएका हुन् । उनले नगद ५० हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरे । 

यसैगरी, निबन्ध प्रतियोगितामा विद्या संस्कार स्कूलका छात्र ओजस्वी दास द्वितीय भएका छन् । दासले नगद रू ३५ हजार प्राप्त गरे । 
यस्तै, अल्बर्ट स्कूलका श्यारोण सुनुवार तृतीय भएका छन् । सुनुवारले १५ हजार नगद र प्रमाण पत्र प्राप्त गरे । 

बिभिन्न स्कूलका १० जना विद्यार्थीलाई सान्त्वना पुरस्कार स्वरुप २ हजार दरले नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । 

पुरस्कृत विद्यार्थीहरुलाई नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गरेका थिए । सोही कार्यक्रममा रक्तदान पनि गरिएको थियो । 

डिल्लीबजारस्थित एसएबी पब्लिक स्कूलमा भएको सो कार्यक्रममा एक सय आठ जना स्थानीयले रक्तदान समेत गरेका थिए । 

२०७४ श्रावण १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत