फिचर

यस्ता छन् ‘भूकम्पपछिको नेपाल’ फोटो प्रदर्शनी पुरस्कार पाएका तस्विर

 ९ साउन ‘भूकम्पपछिको नेपाल’ फोटो प्रदर्शनीको ५० हजार रुपैया पुरस्कार फोटो पत्रकार दिपक के.सी. ले प्राप्त गरेका छन्। थाहा खबर न्युजका उनले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले साउन ५ देखि ८ सम्म राजधानीमा आयोजना गरेको फोटो प्रदर्शनीको ‘भ्यूवर्स च्वाईस’ को नतिजा अनुशार सबैभन्दा धेरै मत ल्याएर पुरस्कार प्राप्त गरेका हुन्।

 

 

उनको भक्तपुरकी स्थानीय एक महिलाले २०७२ बैसाख १३ गते गएको भूकम्पमा आफ्नो भत्केको घरको पर्खालमा चढेर घरको सामान खोजीरहेको तस्विरले अत्यधिक मत प्राप्त गरेर ५० हजार पुरस्कार जित्न सफल भएको हो। त्यसैगरि सरोज बादेको भारी वर्षा भैरहेको बेला पालमुनि ओत लिईरहेको भूकम्प पिडीत एक बाबु छोरीको तश्विरले २० हजारको पुरस्कार जित्न सफल भएको छ। दिपक केसीकै भूकम्पपछि पुनर्निर्माण भैरहेको काठमाठौंको बौंद्धस्थित बौद्धनाथ स्तुपाको तश्विरले १५ हजार पुरस्कार प्राप्त गरेको छ।

 

 

त्यसैगरि दि हिमालयन टाईम्सका फोटोपत्रकार स्कन्द गौतमको भूकम्प पिडित एक परिवारले सडकमा वांस लिईरहेको तश्विरले ५ हजारको सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ। दि हिमालयन टाइम्सकै अर्का फोटोपत्रकार राजेश गुरुङ्गको २०७२ वैशाख १३ गते आएको भूकम्पले भत्काएको घरमा च्यापिएको अवस्थामा उद्वार हुँदै गरेको तस्विर र भूकम्पको पहिलो झट्काले घरहरु भत्काउदै गर्दाकोे ललितपुरको खोकना गाउँको उनै राजेश गुरुङ्गको तश्विरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ। 

 

 

प्रदर्शनीमा २४ जना फोटो पत्रकारले खिचेका कुल ४५ वटा फोटोहरु राखिएका थिए। फोटो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)र शैक्षिक प्रदर्शनी ईक्यान आयोजक ईक्यानसंगको सहकार्यमा सम्पन्न भएको हो। विजेताहरुलाई केहि दिनभित्र एक विशेष समारोहकाबीच पुरस्कार प्रदान गरिने एनएफपीजले जनाएको छ।

 

२०७४ श्रावण ९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत