कला

‘म्यान अफ द वर्ड’मा नेपाली युवा डा. श्रीराम

काठमाडौं – फिलिपिन्समा आयोजना हुने पुरुषहरुको सौदर्य प्रतियोगीता ‘म्यान अफ द वर्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने भएका छन् । यहि १९ देखि २९ जुलाइसम्म चल्ने प्रतियोगीतामा नेपाल सहित क्यानडा, ब्राजिल, अष्ट्रेलिया, सिंगापुर लगायत ३५ देशका युवाहरुको सहभागीता रहने र १० दिनसम्म चल्ने प्रतियोगीता पिइइपिएस फाउन्डेसनले आयोजना गर्न लागेको हो । प्रतियोगीताका लागि चन्द सोमबार मध्यान्न फिलिपिन्स उड्दै छन् ।
‘मिष्टर नेपाल २०१७’का थड रनर अप समेत रहेका चन्दलाई प्रतियोगीतामा अवतार इन्टरनेशनलले पठाउन लागेको हो । नेपाली पहिरन र भेषभुषा समेत कार्यक्रममा आफुले प्रस्तुत गर्ने चन्दले बताए । 
बौद्धिकता र जिम्बेवारीको आधारमा समेत बिजेता छानिने प्रतियोगीतामा चन्दले नेपाली कला संस्कृती सहित सहभागी जनाउन लागेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।
प्रतियोगीताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।
नेपालको युवालाई बिभिन्न अवसरको ढोका खेल्ने बिस्वासका साथ चन्दलाई प्रतियोगीतामा सहभागीका लागि पठाउन लागेको अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज चिल्वालले बताए । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व यो पहिलो हो ।

२०७४ आषाढ ३१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत