कला

दुर्इ दिने फोटो प्रदर्शनी शुक्रबारबाट

२९ असार, काठमाडौं - पत्रकारिता र शुरक्षा बिषयमा २ दिने फोटोप्रदर्शनी शुक्रबारबाट सुरु हुने भएको छ । राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा हुने फोटोप्रदर्शनीको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गर्ने फोटो पत्रकार क्लबले जनाएको छ ।

पत्रकार तथा फोटोपत्रकारहरुले आफू जोखिममा परेर गरेका कार्यहरुका तस्वीर प्रदर्शनीमा राखिने छ । इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा हुने फोटो प्रदर्शनीमा ४५ वटा फोटाहरु समाबेश गरिएको छ ।

शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने यो फोटोप्रदर्शनीमा पत्रकार तथा फोटोपत्रकारहरु कस्तो किसिमका चुनौतीको सामना गरेर कार्यक्षेत्रमा खटिएका हुन्छन भन्ने सबैले बुझ्ने बिश्वास फोटोपत्रकार क्लबले लिएको छ । फोटो प्रदर्शनीप्रदर्शनीमा प्रबेश निःशुल्क छ ।

२०७४ आषाढ २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत