फिचर

दोस्रो चरणको स्थानीय चुनावको रमझम

प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विभिन्न पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केही तराई केन्द्रित दल सहभागी छन्। (दाङ)

उम्मेदवार

उम्मेदवारी लगत्तै उम्मेदवार र सम्बद्ध पार्टीका कार्यकर्ता मतदातासँग मत माग्न थाल्छन् र उनीहरुले चुनावी प्रचार प्रसार अभियान तीब्र बनाउँछन् । (विराटनगर)

परम्परा

चुनावलाई उत्सवका रुपमा मनाउने प्रचलन भएको नेपालमा स्थानीय निर्वाचनमा पनि उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा उत्सवमा झ‌ैं घडा र ढक्की लिएका महिलाहरुको उपस्थिति थियो।(दाङ)

जुलुस

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि ४,५८१ मतदानस्थल र ८,३६४ मतदानकेन्द्र कायम गरिएको छ (धनगढी)

जनप्रतिनिधि

तीन प्रदेशमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् (विराटनगर)

असार

दोस्रो चरणमा ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते मतदान हुनेछ। (दाङ)

महिला सहभागिता

हरेक वडामा अनिवार्य महिला सदस्य, महिला दलित सदस्य र गाउँपालिका वा नगरपालिकामा प्रमुख वा उपप्रमुख मध्ये महिला हुनैपर्ने बाध्यकारी व्यवस्था छ। (दाङ)

मतदाता

दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता रहेको निर्वाचन आयोगले बताएको छ। (विराटनगर)

सुरक्षाकर्मी

दोस्रो चरणको निर्वाचनमा पहिलोको तुलनामा दोब्बरभन्दा बढी अर्थात् १ लाख ८४ हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। (दाङ)

सहुलियत

महिला, दलित र अल्पसंख्यकले उम्मेदवारी दर्ता गर्दा आधा शुल्क तिरे पुग्ने गरी सहुलियत दिइएको छ। 

२०७४ आषाढ १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत