बिचार/ब्लग

‘एमाले : उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना जस्तो’

हुनत देशमा आमूल परिवर्तन गर्ने भन्दै धेरै पार्टी उदय भए कति पार्टी बिलय भए यी सबै कुरा गर्बमा रहे।

सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी काङ्ग्रेस देखि माओवाद को पथमा हिडेको एमाले होस वा माओवादि होस या अरु १०३ पार्टी यतिखेर २० बर्ष पछि हुन थालेको स्थानिय तहको चुनावी हुम खाडीमा होमिएका छ्न। प्रत्येक पार्टीले हाम्रो पार्टीले जित्छ भन्दै कार्यक्रम तडकिलो र भड्किलो गरिरहेका छ्न।

प्रत्येक पार्टीका एजेन्डा फरक फरक छ्न।तर पूरा कस्ले गर्ने हो खै खाली भोट माग्ने शैली मात्र हो।

पार्टीका एजेन्डा पनि कस्ता हुन खाली एउटै कुरोलाई भोट माग्ने हतियार गराएर खाली जतिखेर जुन भासण होस या आमसभा बृद्धभता बढाईदिन्छौ भनी भोट माग्ने एमाले उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना भने जस्तो मनमोहन अधिकारिको समयमा लागू गरेको नितिलाई जतिखेर पनि मलाई त कस्तो लाग्यो भने शुभकार्यमा चाहिदा होस या दुख को समयमा चाहिने पालिमा घुसारेको कुस जस्तो बिहेमा पनि त्यही सराद्देमा पनि त्यही बरु सक्छौ भने ती तिमिहरुले फकाएका ती बुद्ध आमा बुबा का छोराछोरी हरुलाई अरबको खाडी मुलुकमा ५० डिग्री को तापक्रम बाट छुटकारा दिई फर्काईदिने अबसर जुटाईदिनु मान्य सदस्यहरु।

आफ्नै देशमा आफनै उधमसिलतामा बाच्न सिकाईदिनु न बरु। बिचरा ती बृद्ध बुबा आमालाई भत्ताको प्रलोभन मा पारेर भोट माग्ने काम कदापी पनि नगर्नु होला!बुढा बुबा ओछ्यानमा आमा भित्र ऎया आत्था खुवाउने छैन कोहि उमालेर तातो पानी दिन त्यसको दिन आई नपरोस भनी बैकल्पिक उपाएहरु अबलम्बन गराईदिनुस ।
देशका युवाहरुलाई खाडी मुलुकमा जान बाध्य पारेर बृद्ध आमाबुबालाई भत्ताको लोभ देखाउदै चुनाव जित्ने आस गरेर हुन्छ!अनि फेरि त्यो खोक्रो भत्ताको नारा एमालेका कार्यकर्ताले आफ्नो गोजिबाट दिने जस्तो तात्तो न छारो तिनै बुढा बा आमाका छोराले अरबमा बगाएको पसिनाको एक एक थोपाको रेमिट्यान्स बाट दिने गर्छ अनि हामिले तिरेको करबाटै दिने गर्छ।

लाखौं युबालाई कसरी देसमै रोक्ने भन्ने छैन आउदो असार १४ गते पनि (१२/१५) सय युबाहरु सुन्दर भबिस्यको सपना खोजी त्रिभुवन विमान स्थलमा बिदाईका हात हल्लाउदै बिदाई हुनेछन् ।

खाली हाबादारी कुरा गर्यो नेतृत्व समालेका नेता महोदय ले मान्छेलाई खानलाई पाईपमा पानी आउदैन ग्यास आउँछ भनेर हुन्छ ।कतै अब चन्द्र्ममा र पृथ्वीमा केबुलकार जोडिने छ भन्ने सुन्नु नपरे हुन्थियो।

आफ्नो सरकार ढल्दैन भनेर भबिस्यबाणी गरेको आधारमा आदित्य दाहाललाई 2 करोड दिने अन्धविश्वास बादी पार्टी नेतृत्वले रेल कुदाउँछ,जहाज चलाउछ, एक प्लेट मटन र एक पेग लोकलमा जनता किन्ने पार्टी पार्टीका कार्यकर्ताहरुको अन्धोभक्त पारा खानपाए मख्ख पर्छौँ।चुनाव आउँछ ल्याप्प ल्याप्चे लगाइदिन्छौँ,लुटको कथा त्यही दोहोरिन्छ।

आफू सत्तामा हुदा केही कुरा नलिकाल्ने रास्ट्रभक्ति पाटि हु भन्नेले आफू सरकारमा हुदा ती कुरा पनि निकाल्नु पर्यो नि कि त्यति खेर भुलिन्छ ?
एमालेसँग यस्ता केही नौटंकी मुद्दा छन् जुन सत्तामा जाँदा पैतलामुनि राखिन्छन् र सत्ता वाहिर हुँदा शीरमा। ;मदन–आश्रित मृत्यु पनि त्यस्तै हो।

चुनाबका प्रचारको बेला तलब भत्ता सेबा सुबिधा लिन्न,जनताको सेवा गर्छु भन्ने ,अहिले आएर आफ्नै सेवा सुबिधा तिर लाग्ने अनि मोबाइल किन्न रकम निकासा गर्ने माननीय जनप्रतिनिधिको कुरा कत्तिको जायज हो आफै बुझ्नुन!!

२०७४ आषाढ १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत