अन्तर्वार्ता

भद्रगोलकी रक्षा भन्छिन्, ‘खर्चालुको त कुरै नगरुम, हातमा पैसा पर्नासाथ सपिङ’

भद्रगोलकी रक्षा भन्छिन्, ‘खर्चालुको त कुरै नगरुम, हातमा पैसा पर्नासाथ सपिङ’

काठमाडौं, भदौ १० – पछिल्लो समय नेपालीका भित्रि मनदेखि नै हिन्दी सिरियलहरुको प्रभुत्व जमेको पाइन्छ । धेरै नेपालीहरले नेपाली सिरियल राम्रा छैन् भन्ने गरेको पनि पाइएको छ । यही बीचमा राम्रो र धेरै दर्शकले रुचाइएको नेपाली सिरियलको नाम हो भद्रगोल ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ पौने नौ बजे प्रसारण भइरहने हाँस्य टेलिसिरियल ‘भद्रगोल’ का चर्चित पात्र मध्ये एक हुन् रक्षा श्रेष्ठ । ग्रामिण भेगको महिलाको भूमिका निर्वाह गरेकी रक्षा श्रेष्ठ काठमाडौं चावहिलकी बासिन्दा हुन् ।

कुराकानीको सम्पादित अशं :

आजभोली के गर्दैहुनुहुन्छ ?
भद्रगोलको सुटिङ नभएको कारण अहिले म्यूजिक भिडियो गर्नतिर लागेको छु । प्राय जसो विज्ञापन गर्नमा पनि व्यस्त हुन्छु ।

भद्रगोल एकाएक चर्चामा आयो नि, यसमा तपाईलाई कस्तो लाग्छ ?
एकदम खुसी लागेको छ । मलाई मान्छेहरुले चिन्न थालेका छन् भद्रगोलको रक्षा भनेर । अहिले जसको पनि मुखमा भद्रगोलको डाइलग सुन्छु, खुसी लाग्छ । बाटोमा हिँड्दा पनि रक्षा भनेर बोलाउँदा धेरै खुसी लाग्छ । एकदम खुसी नै छु ।

आजभोली बढि समय केलाई दिनुहुन्छ ?
बढि समय केलाई दिनी भन्नी नै हुँदैन् । हप्ताको एकदिन भद्रगोलको सुटिङ हुन्थ्यो अहिले सुटिङ छैन त्यसैले यसलाई नै बढि समय दिने भन्ने नै छैन् । भद्रगोलको सुटिङको दिन सुटिङमा नै व्यस्त हुन्छु । एउटै कामलाई मात्र समय दिइराखेको छैन्, जतिखेर जे काम आउँछ त्यतिखेर समय दिइराखेको छु ।


केटाहरुले प्रपोज राख्छन् कि राख्दैनन् नी ?
प्रपोज त राख्छन्, आउँछ ।

अनि प्रपोजलाई स्वीकार्नुहुन्छ कि नाईं ?
नाईं म विवाहित हुँ भनेर भन्दिन्छु ।

तपाईंको जीवनको सबैभन्दा खुसीको क्षण ?
म खुसी त सधैं छु । तर पनि म अझ मिडिया क्षेत्रप्रति लागिसकेपछि अवश्य नै खुसी छु । विज्ञापन गर्दा पनि खुसी नै छु । तर, भद्रगोल खेल्न थालेपछि, चिन्न थालेपछि ऊ रक्षा आइ भन्छन् । भद्रगोल खेलेपछि नै म सबैभन्दा बढि खुसी छु । त्यही भएर मेरो पहिलो प्रथामिकता भनेको भद्रगोल नै हो ।

तपाईंको नजरमा तपाईंको रुप कस्तो लाग्छ ?
मेरो नजरमा म राम्री लाग्छ । अलिकति हाइट चाँहि पुगेन जस्तो महसुस हुन्छ । ५.५ इन्च हाइटको छु म । अलिकति १÷२ इन्चजति हाइट बढे राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

भद्रगोलबाट मासिक रुपमा मोडलिङबाट कति कमाई हुन्छ ?
मैले भद्रगोलबाट पहिला त विज्ञापन मात्र गरेको हुँ । अहिले मेरो विज्ञापनमा त राम्रै छ । एउटा विज्ञापन गरेबापत कम्तीमा पाँच हजार देखि बीस हजारसम्म विज्ञापन गरेकी छु ।

सबैभन्दा बढि कुन कम्पनीको विज्ञापनबाट बढि रकम पाउनुभयो ?
इलाममा टोकला चियापतिको कार्यक्रममा ।

अहिलेसम्म कतिवटा विज्ञापन गर्नुभयो ?
५० भन्दा बढी ।

घर चाँही कता हो ? 
सिन्धुपाल्चोक बाह्रबिसे ।

घर परिवारमा कति जना छन् ?
चार जना ।

को–को हुनुहुन्छ ?
बाबा, ममी, दाई र म ।

बिहान कति बजे उठ्नुहुन्छु ?
भद्रगोलले गर्दा ५ बजे नै बिउँझिन्छु, तर उठ्न चाँही ५ नै बजे उठ्दिन ।

कतिको खर्चालु हुनुहुन्छ ?
कुरै नगरुम खर्चालुको त ? हातमा पैसा हुनासाथ सपिङ ।

सपिङ गर्न चाँही कता जानुहुन्छ ?
जता पनि जान्छु । प्रायजसो बौद्वमा अलि बढि जान्छु ।

सबैभन्दा मंहगो कतिसम्मको सपिङ गर्नुभएको छ ?
एघार हजारको साडी किनेकी छु ।

सारस 

२०७३ चैत्र ३१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत